कर्पोरेट

कुमारी जबमा रजिस्टर गरे 'अल्टिमेट लिफ्टिङ'मा छुट

इकागज |
साउन २२, २०७९ आइतबार १५:५० बजे

काठमाडौँ- कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाइने भएको छ । साथै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुने भएका छन्।  कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारी यस सम्झौताको बारेमा बोल्दै भने ‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्छ ।

कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको काम प्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन् । हाम्रो संस्था अथवा वेबसाइट मार्फत आउनुहुने उम्मेदवारहरु एवम हाम्रा कर्मचारीहरुको स्वास्थ्यको लागि यो सम्झौता गर्न पाउँंदा मलाई अत्यन्तै खुशी लागेको छ ।’


तीनकुने सुविधानगर स्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिनको लागि इच्छुक महानुभावहरुले वेबसाइट अथवा तीनकुने स्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सकिने भएको उनले जनाएका छन्।  यसरी वेबसाइटमा अथवा कार्यालयमै गएर दर्ता गरे वापत कुनै शुल्क नलाग्ने भएको छ। 


Author

थप समाचार
x