संवैधानिक अंग

सरकार कानुनको पालना गराउने काममा गतिछाडा भयो : पूर्वन्यायाधीश केसी

इकागज |
असोज १९, २०८० शुक्रबार १८:५५ बजे

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले सरकारलाई गतिछाडाको संज्ञा दिएका छन् । हत्यारा पुष्टि भएका रिगल भनिने योगराज ढकाललाई कैद सजाय मिनाहा गरेको दृष्टान्त पेस गर्दै उनले सो टिप्पणी गरेका हुन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सैनिकहरूले शासन चलाएको देशमा भन्दा पनि मनपरी गर्ने काम शासकहरूबाटै भएको भन्दै आक्रोश समेत व्यक्त गरे । पूर्वन्यायाधीश केसीले संविधान, कानुनको पालना गराउने काम खड्किएको उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न कानुन व्यवसायीहरू लाग्नुपर्ने बताए ।


कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकार र राजनीतिक पार्टीहरू आफैँले संविधान मिच्ने काम गरिरहेको आरोप लगाए । उनले स्वतन्त्र र सक्षम न्यायालयका लागि कानुन व्यवसायीहरूले खबरदारी गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।

श्रेष्ठले न्यायालयमा विधिको शासन, कानुनी राज्यको स्थापना गराउने काम कानुन व्यवसायीहरूको रहेको पनि दोहोर्याए ।


Author

थप समाचार
x