नेपाली कांग्रेस १४औँ महाधिवेशन

७ सय मत गन्दा गगनलाई ४१८ मत, विश्‍वप्रकाशलाई २७४

इकागज |
पुस १, २०७८ बिहीबार १२:६ बजे

काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्‍म ७ सय मतगणना भएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार ४१८ मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले २७४ मत ल्याएर पछ्याएका छन् । 


यसैगरी, प्रकाशशरण महतले २३०, प्रदीप पौडेलले २३६, मिनेन्द्र रिजालले १२० मत ल्याउँदा राजाराम कार्कीले २८ मत पाएका छन् ।


Author

थप समाचार
x