नेपाली कांग्रेस १४औँ महाधिवेशन

महामन्त्री मतगणना अपडेट : ६ सय मत गन्दा गगनले पाए ३८१ मत, विश्‍वप्रकाशले ल्याए २२८

इकागज |
पुस १, २०७८ बिहीबार ११:५२ बजे

काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्‍म ६ सय मतगणना भएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार ३८१ मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले २२८ मत ल्याएर पछ्याएका छन् । 


यसैगरी, प्रकाशशरण महतले २०१, प्रदीप पौडेलले २०७, मिनेन्द्र रिजालले १०१ मत ल्याउँदा राजाराम कार्कीले २८ मत पाएका छन् ।


Author

थप समाचार
x