नेपाली कांग्रेस १४औँ महाधिवेशन

उपसभापतिको पुनः मतगणना गर्न गच्छदारको माग

इकागज |
पुस १, २०७८ बिहीबार ९:४१ बजे

काठमाडौँ - कांग्रेस नेता विजय गच्छदारले पुनः मतगणना गर्न माग गरेका छन् । गएराति गरिएको उपसभापतिको मतगणनामा दुई मत नपुगेर पराजित भएपछि गच्छदारले पुनः मतगणनाको माग गरेका हुन् । 

उनी सभापति शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिका उम्मेदवार बनेका थिए । शेखर कोइराला प्यानलका धनराज गुरुङ  निर्वाचित भएपछि गच्छदारले पुनः मतगणनाको माग गरेका हुन् । उनले निर्वाचन समितिमा निवेदन दिएका छन् । 



Author

थप समाचार
x