सिनेमा

समलिङ्गी पात्र रहेको भन्दै डा. स्ट्रेन्जलाई अरबमा प्रवेश निषेध

इकागज |
बैशाख १२, २०७९ सोमबार १६:२१ बजे

बेनेडिक्ट कुम्बरब्याच अभिनित सुपरहिरो चलचित्र ‘डा. स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’ साउदी अरेबियासहित अरबका अरु देशहरुमा पनि प्रतिबन्ध लगाइएको छ। डा. स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याड्नेस मे ५ तारिखका दिन साउदी अरेबियासहित अन्य खाडी मुलुकहरुमा रिलिज गर्न लागिएको थियो तर फिल्ममा समलिङ्गी पात्रको उपस्थिति रहेको भन्दै अरब देशले रोक लगाएका हुन् ।

यस अघि मार्भलको ‘द इटर्नल्स’ पनि समलिङ्गी रोमान्स भएका कारण साउदी अरेबियामा प्रतिबन्ध लगाइएको थियो,जुन ‘मार्भल सिनेम्याटिक युनिभर्स’को पहिलो समलिङ्गी सुपरहिरो चलचित्र थियो ।


सामुएल मार्शल रैमी निर्देशित ‘डा. स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’मा बेनेडिक्ट कुम्बरब्याच सहित, सोची गोमेजले पनि अभिनय गरेकी छिन् जसको पात्र समलिङ्गी रहेको जनाइएको छ। स्कट डेरिक्सन निर्देशित डा. स्ट्रेन्ज(२०१६) यस अघि  नेपालमा पनि सुटिङ गरिएको थियो,जसमा नेपाली नायिका शिल्पा मास्केले पनि अभिनय गरेकी थिइन् ।


Author

थप समाचार
x