सिनेमा

विल स्मिथले आउँदो १० वर्ष अस्कर अवार्ड जान नपाउने

इकागज |
चैत २६, २०७८ शनिबार १४:२२ बजे

लसएन्जल्स - अस्कर अवार्ड आयोजना गर्ने मोसन पिक्चर एकेडेमीले अभिनेता विल स्मिथलाई १० वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एकेडेमीले शुक्रबार स्मिथलाई अस्करसँगै एकेडेमीका कुनै पनि कार्यक्रममा उपस्थित नगराउने गरी प्रतिबन्धको घोषणा गरेको हो । 

अभिनेता स्मिथले चलिरहेको समारोहमा कमेडियन क्रिस रकलाई स्टेजमा चढेर थप्पड हानेका थिए । क्रिस रकले स्मिथकी श्रीमतीको कपाल तथा रोगलाई लिएर थप्पड हानेका थिए । धेरैले यो दृश्यलाई सुनियोजित हो कि भन्ने आशंका गरे पनि अवार्ड वितरण लगत्तै यो यथार्थ रहेको स्पष्ट हुन आएको थियो । यसअघि एकेडेमीमा सदस्य रहेका विल स्मिथ आफैँले एकेडेमीबाट राजीनामा दिएका थिए । 


एकेडेमीको आफूलाई प्रतिबन्ध लगाउने निर्णयको आफूले स्वागत र सम्मान गरेको विल स्मिथले प्रतिक्रिया दिएका छन् । प्रतिबन्धका कारण विल स्मिथले अर्को सालको अस्कर गुमाउनेछन् । अघिल्लो सालको विजेताले कार्यक्रममा उपस्थित भएर अवार्ड वितरण गर्ने अस्करको परम्परा छ ।

विल स्मिथले यो साल उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । आउँदो साल अर्को विजेताले स्मिथकै हातबाट यो ग्रहण गर्नुपर्ने प्रचलन छ । अस्करले यसअघि हार्भे विन्स्टन र रोमन पोलान्स्कीलाई पनि एकेडेमीका कार्यक्रममा सहभागी हुनबाट रोक्ने निर्णय गरेको थियो । 


Author

थप समाचार
x