सिनेमा

आफ्नै नाममा शाहरुखको ओटिटी प्लेटफर्म

इकागज |
चैत १, २०७८ मंगलबार १४:९ बजे

मुम्बई - लगातार फिल्म फ्लब भएपछि मिडियासँग दूरीमा रहेका शाहरुख खानले मंगलबार ओटिटी सार्वजनिक गर्न लागेको जानकारी गराएका छन् । मंगलबार एउटा फ्लायर पोस्ट गर्दै उनले ओटिटीको दुनियाँमा केही हुनेवाला छ भन्दै आफ्नै नाममा ओटिटी जारी गर्न लागेको सूचना दिएका छन् ।

ट्वीटरमा सार्वजनिक सूचनामा ओटिटीको नाम ‘एसआरके प्लस’ राखिएको छ । शाहरुख खानलाई फ्यानले लामो समयदेखि ‘एसआरके’ नामले बोलाउने गरेका थिए । 
उनले जारी गरेको सूचनामा सलमान खान अनुराग कश्यम आदिले प्रतिक्रिया दिएका छन् । सलमानले शाहरुखले जारी गरेको सूचना सेयर गर्दै आजको पार्टी शाहरुखको तर्फबाट भन्दै शुभकामना दिएका छन् भने अनुराग कश्यपले आफू पनि सो ओटिटीमा जोडिएको जानकारी दिएका छन् । 


५६ वर्षीय शाहरुख अहिले सिद्धार्थ आनन्दको निर्देशनमा बनिरहेको फिल्म ‘पठान’को सुटिङ गरिरहेका छन् । यो फिल्ममा शाहरुखले जोन अब्राहम र दीपिका पादुकोनसँग काम गरेका छन् । यसपछि भने उनले राजकुमार हिरानीको फिल्म गर्ने चर्चा छ । 


Author

थप समाचार
x