सिनेमा

सेलेना खाली खुट्टा अवार्ड दिन गएपछि...

इकागज |
फागुन १६, २०७८ सोमबार १२:१५ बजे

लसएन्जल्स - आइतबार साँझ बाँडिएको स्क्रिन एक्टर गिल्ड (साग)मा सेलेब्रेटी कोभन्दा को कम भएर समारोहमा पुगेका थिए । सेलेब्रेटीका थरिथरिका लुगा र पोजले दर्शकलाई मात्र होइन फोटोग्राफरलाई पनि लोभ्याएको थियो । यस्तै सेलेब्रेटीको भिडमा थिइन्, गायिका तथा अभिनेत्री सेलेना गोमेज ।

कालो गाउनमा समारोहमा पुगेकी सेलेनाको फेसनले ध्यान नतान्ने कुरै थिएन । समारोहमा सेलेना नोमिनीको रुपमा पनि थिइन् । हुलुमा सार्वजनिक भएको ‘वन्ली मर्डर्स इन दि बिल्डिङ’ बाट सेलेना पनि अभिनेत्रीको विधामा मनोनयनमा थिइन् । 


समारोहमा उनले सो फिल्मबाट अवार्ड त जितिनन् तर जित्नेलाई अवार्ड दिने भने स्टेजमा गइन् । तर अतिथि तथा फोटोग्राफर त्यतिबेला छक्क परे जब सेलेना स्टेज चढ्दा खाली खुट्टा देखिइन् । 

यसो त सेलेना पूरा अवार्ड समारोहमा नै खाली खुट्टा आएकी थिइन् । रेड कार्पेटमा हिँड्दासम्म सेलेना कालो ड्रेस सुहाउँदो हिलमा थिइन् । तर स्टेजमा चढ्दासम्म खुट्टाबाट हिल गायब थिए ।

खासमा रेड कार्पेटमा हिड्दै फोटोग्राफरलाई पोज दिने क्रममा सेलेना उनीहरुको अगाडि हिलमा अल्झिएर ढुनमुनिएकी थिइन् । पछि स्टेजमा चढ्दा पनि हिलले यसरी नै धोका नदिऊन् भनेर उनले हिल नै बहिष्कार गरेर अवार्ड बाँड्न पुगेकी थिइन् । 
 


Author

थप समाचार
x