सिनेमा

सिनेमा हल, डान्सबार माघ मसान्तसम्म बन्द गर्न सिफारिस

इकागज |
माघ १४, २०७८ शुक्रबार २१:३३ बजे

काठमाडौं – कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले धेरै भिडभाड हुने क्षेत्रलाई माघ मसान्त सम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।

सिसिएमसीले सिनेमा हल, डान्सबार, दोहोरी, नाचघरजस्ता भिड हुने क्षेत्रलाई माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।


यसअघि माघ १५ गतेसम्म यी क्षेत्रहरूलाई बन्द गरिएकोमा संक्रमणको जोखिम कायमै रहेकाले माघ मसान्तसम्म रोक लगाउन सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।


Author

थप समाचार
x