सिनेमा

अभिनेता गौरव पहारीले गरे श्रेणीसँग विवाह

इकागज |
माघ २१, २०८० आइतबार २१:३३ बजे

काठमाडौँ - अभिनेता गौरव पहारीले बिहे गरेका छन् । आइतबार उनले प्रेमिका श्रेणी खतिवडासँग विवाह गरेका हुन् । उनीहरूको विवाहमा दुई परिवार, आफन्त र निकट साथीहरुको उपस्थिति थियो । श्रेणी पेशाले जुम्बा ट्रेनर हुन् । केही वर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् । गौरव र श्रेणीले असोज ३ गते होटल र्‍याडिसनमा इन्गेजमेन्ट गरेका थिए ।

चलचित्र ‘मञ्जरी’बाट अभिनयको यात्रा सुरु गरेका गौरवले ‘मिस्टर भर्जिन’, ‘कुम्भ कर्ण’, ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्महरूमा अभिनय गरिसकेका छन्  । 



Author

थप समाचार
x