सिनेमा

‘एक्टर’मा आना

इकागज |
पुस २६, २०८० बिहीबार ९:४३ बजे

काठमाडौँ- अभिनेत्री आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा अभिनय गर्ने भएकी छिन् । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो ।

आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आनाको जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुईको जोडीलाई लिएर ‘कामिनो’ बन्ने चर्चा चलेपनि यो फिल्म अहिलेसम्म फ्लोरमा जान सकेको थिएन ।


राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारी निर्माताको रुपमा रहेका छन् । अदृत फिल्मस्‌को प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् ।

आनाले चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको कथा दर्शक सामु प्रस्तुत गर्न उत्साहित रहेको बताएकी छिन् । यो फिल्मको छायांकन वैशाख महिनाबाट सुरू हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ ।

आनाले पछिल्लो समयमा ‘द म्यान फ्रम काठमाडौँ’मा अभिनय गरेकी थिइन् । भारत, पाकिस्तानका चर्चित कलाकारको समेत अभिनय रहेको फिल्म नेपाली बक्स अफिसमा भने असफल भएको थियो । यसपछि आना अनमोल केसीसँग ‘जेरी अन टप’ मा देखिने चर्चा थियो । यो फिल्म पनि फ्लोरमा जाने समयमा अड्किएको थियो ।


Author

थप समाचार
x