सिनेमा

कलाकार प्रकाश पाठकको निधन

इकागज |
पुस ३, २०८० मंगलबार १६:१५ बजे

फाइल तस्बिर

काठमाडौँ - कलाकार प्रकाश पाठकको ७९ वर्षको उमेरमा निधन भएको छ । 

मंगलबार बिहान ललितपुरको जावलाखेलस्थित आफ्नै निवासमा उनको निधन भएको हो । मंगलबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ । 


यसअघि चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले उनको पार्थिव शरीरलाई संघको झण्डा ओढाएका श्रद्धाञ्जली अर्पण गरेका थिए । 

उनले मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका छन् । 
 


Author

थप समाचार
x