सिनेमा

‘दिमाग खराब’ को प्रदर्शन नराेकिने

इकागज |
कात्तिक ३०, २०८० बिहीबार १८:४५ बजे

काठमाडौँ- चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन नराेकिने भएकाे छ । चलचित्र संघले ‘दिमाग खराब’ को प्रदर्शन नराेकिने जनाएकाे हाे । 

बैठकबारे विज्ञप्ति जारी गर्दै चलचित्र संघले ‘दिमाग खराब’ को प्रदर्शन​ मंगलबारसम्म जारी राख्ने निर्णय भएको जानकारी दिएको छ ।


निर्देशक निश्चल बस्नेतले सकारात्मक छलफल भएकाे र मंगलबार सबै कुराको समाधान गरी अघि बढ्ने सहमति भएकाे बताएका छन् ।

बुधबार चलचित्र हलसँग विमति राख्दै फिल्म दिमाग खराबको प्रदर्शन स्थगित गर्ने घोषणा गरिएको थियो । फिल्मको निर्माताहरू र नेपाल चलचित्र संघबीच मंसिर ५ गते मंगलबारसम्म प्रदर्शन गर्ने सहमति भएको हो ।


Author

थप समाचार
x