सिनेमा

६ वर्षदेखि ‘क्लिन हिट’को खोजीमा छन् सलमान

इकागज |
कात्तिक २०, २०८० सोमबार १३:३८ बजे

मुम्बई - सलमान खानको भाग्य यस्तो छ कि फिल्म चलुन् वा नचलुन्, उनको भाऊ बराबर छ । सन् २००९ मा रिलिज भएको ‘वान्टेड’बाट अभिनयमा पुनर्जीवन पाएका उनले त्यसयता बक्स अफिस आँकडाको चिन्ता गर्नु परेको छैन । फिल्म आउँछन् जान्छन् जसले गर्ने व्यापारमा सलमानले चिन्ता लिनु परेका छैन किनकि उनका फ्लप भनिएका फिल्मले पनि सय करोडको व्यापार गर्छन् । तर यति हुँदाहुँदै पनि उनले ‘सर्टिफाइड’ हिट नदिएको ६ वर्ष भइसक्यो । उनको अन्तिम हिट फिल्म ‘टाइगर २’ नै थियो ।

त्यसयता उनका ‘रेस ३’, ‘भारत’, ‘दबंग ३’,‘अन्तिम’,‘राधे’ ‘किसीका भाइ किसीकी जान’ गरी ६ फिल्म रिलिज भएका छन् । तर कुनै फिल्मले हिट हुने सौभाग्य पाएका छैनन् । उनले अभिनय गरेका फिल्म नचल्ने मात्र होइन ‘राधे’, ‘रेस ३’ जस्ता फिल्मले त दर्शक भड्काएको आरोप समेत लागेको थियो ।
त्यसैले अब रिलिज हुने ‘टाइगर ३’लाई सलमानको हिटको तृष्णा पूरा गर्ने फिल्म मानिएको छ । यो फिल्म तिहारको अवसर पारेर नोभेम्बर १२ देखि रिलिज हुँदैछ ।



 


Author

थप समाचार
x