सिनेमा

इतिहासमै कम कमाउने फिल्म बन्यो अर्जुन–भूमिको ‘लेडी किलर’

इकागज |
कात्तिक १९, २०८० आइतबार ११:५१ बजे

मुम्बई-  १ अर्बभन्दा बढी जनसंख्या भएको भारतमा चल्तीका कलाकार भएको फिल्मको पहिलो दिनको कमाई ३८ हजार ? झट्ट सुन्दा यो खबर झुठा हो कि भनेझैँ लाग्छ । तर सत्य यही हो । 

शुक्रबार रिलिज भएको अर्जुन कपुर र भूमि पेडनेकर अभिनित चलचित्र ‘लेडी किलर’ले पहिलो दिन जम्मा ३८ हजार कमाइ गरेको छ । यो फिल्मको पहिलो दिन 
२ सय ९३ वटा टिकट बिक्री भएको खबर छ । बलिउड फिल्मको कमाईको आँकडा प्रस्तुत गर्ने स्कनिकका अनुसार यो फिल्म बलिउड फिल्मकै इतिहासमा कम कमाई गर्ने फिल्मको रुपमा दर्ज भएको छ । 


यो फिल्म पूरा सुटिङ नसक्दै हलमा लागेको थियो । फिल्मको २० प्रतिशत सुटिङ बाँकी छँदै निर्माण टिमले हलमा रिलिज गर्ने निर्णय गरेको थियो । फिल्म प्रचार पनि गरिएको थिएन र रिलिजको हप्ता दिन पनि बाँकी नरहँदा यसको ट्रेलर सार्वजनिक गरिएको थियो ।

तर अर्जुन कपुरले भने फिल्मको कुरा हुँदा यो फिल्ममा काम गर्दा आफूलाई चरित्रबाट निस्कन बिदामा बस्नु परेको अनुभव सुनाएका थिए । ‘लेडी किलर फरक फिल्म थियो । मानसिक र शारीरिक रुपमा मैले र भूमिले धेरै कुरा खर्चिएका थियौँ । मैले ४५ दिन दिएको थिएँ र सकिएपछि बिदामा बस्नु परेको थियो,’ उनले भनेका थिए । 
यसअघि कंगना रनावतको ‘तेजस’ले पनि पहिलो दिन १ लाख कमको व्यापार गरेको थियो । 


 


Author

थप समाचार
x