सिनेमा

भूकम्प पीडितका लागि सहयोग घोषणा गर्दै चलचित्रकर्मी

इकागज |
कात्तिक १९, २०८० आइतबार १०:३० बजे

काठमाडौँ - रुकुम–जाजरकोट भूकम्प पीडितका लागि नगद सहयोग गर्नमा चलचित्रकर्मी पनि अग्रसर देखिएका छन् । उनीहरूले पीडितलाई राहत, उद्धा र पुनस्र्थापनमा सहयोग गर्ने उद्देश्यसहित नगद रकम जम्मा गर्ने घोषणा गरेका हुन् ।

शनिबार अभिनेता पल शाहले भूकम्प पीडितलाई ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए । उनले टिम नेपालमार्फत सो रकम पीडित समक्ष पुर्याउने उद्घोष गरेका थिए । 


आइतबार ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले पनि फिल्म निर्माण कम्पनी आशुषेन फिल्ममार्फत ६१ हजार सहयोग गर्ने घोषणा गरेका छन् । उनले रुकम र जाजरकोटका जनता कठिन घडीमा रहेको समयमा मनोरञ्जनका सामाग्री पस्कनु न्यायोचित नहुने भन्दै आज सार्वजनिक गर्ने भनिएको उनको आगामी फिल्म ‘बलिदान’को फस्टलुक टिजर सार्वजनिक कार्यक्रम पनि रद्द गरिएको जानकारी गराएका छन् ।

यसैगरी कोशी प्रदेशका चलचित्रकर्मीको साझा संस्था नेपाल चलचित्रकर्मी महासंघले भूकम्प पीडितका लागि ६० हजार सहयोग गर्ने घोषणा गरेका छन् । अध्यक्ष अरुणकुमार प्रधानले आफूहरूले ६० हजार रुपैँया सहयोग गर्ने निर्णय गरेको बताउँदै बाँकी दातालाई पनि हातेमालो गर्न आग्रह गरेका छन् । 


Author

थप समाचार
x