सिनेमा

‘टाइगर ३’ मा ऋतिकको पनि केमियो

इकागज |
कात्तिक १८, २०८० शनिबार १३:१० बजे

मुम्बई- सलमान खान र कट्रिना कैफको मुख्य भूमिका रहेको ‘टाइगर ३’ सफल फ्रेन्चाइज मात्र नभएर केमियोका कारण पनि प्रतीक्षित मानिएको छ । इमरान हासमीको समेत मुख्य भूमिका रहेको फिल्ममा शाहरुख खानको विशेष भूमिका रहेको छ । तर प्रदर्शनको हप्ता दिन बाँकी रहँदा निर्माण टिमले फिल्ममा ऋतिक रोशनको पनि विशेष भूमिका रहेको खुलासा गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म भित्र ऋतिक ‘वार’ फिल्मको चरित्र ‘कबिर’को भूमिकामा देखिनेछन् । ‘टाइगर ३’ लाई पनि निर्माण कम्पनीले ‘स्पाई युनिभर्स’को हिस्साको रुपमा निर्माण गरेकाले फिल्ममा ‘पठान’ र ‘वार’का चरित्र पनि देखिएका हुन् । तर ट्रेलरमा निर्माण टिमले शाहरुख र ऋतिक दुवैको अनुहार लुकाएको छ ।


फिल्मले ट्रेलर सार्वजनिक पछि दर्शकको अपेक्षा बढाएको छ । फिल्ममा सलमानको प्रस्तुतिसँगै दर्शकले कट्रिनाको तौलिया फाइट खुब रुचाएका छन् । यसमा शाहरुख खान र ऋतिकको उपस्थितिले दर्शकलाई झन् हौस्याएको छ । आफ्नो आफ्नो फ्यान बेस भएका सलमान, शाहरुख र ऋतिकको एकै फ्रेमको उपस्थितिलाई दर्शकले तीव्रताका साथ प्रतीक्षा गर्न थालेका छन् । फिल्म आउँदो आइतबारदेखि प्रदर्शन हुँदैछ । 


Author

थप समाचार
x