सिनेमा

माघ २६ छाडेर फागुन २५ मा पुग्यो ‘उपहार’, बाँकी तीन फिल्मसँग भिडन्त

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १६:४९ बजे

काठमाडौँ - माघ २६ लाई प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘उपहार’ एक महिना पछि सरेर फागुन २५ मा पुगेको छ । शुक्रबार गीत सार्वजनिक गरेसँगै निर्माण टिमले नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेको हो । 

माघ २६को मितिमा ‘उपहार’सँगै ‘हात्तिछाप’, ‘हनी बनी’, ‘दयारानी’ ले प्रदर्शन मिति घोषणा गरेका थिए । तर तावाको माछा भुंग्रोमा भनेझैँ माघ २६ बाट मैदान छाडेर भागेको ‘उपहार’ फागुन २५ मा अरु तीन फिल्मसँग जुध्ने भएको छ ।


फागुन २५ कै मितिमा यसअघि ‘काँडेतार’, ‘रंगेली’ र ‘लोकल हिरो’ले प्रदर्शन घोषणा गरेका छन् । योमध्ये ‘लोकल हिरो’को भने सुटिङ सुरु भएको छैन ।ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण कार्की, पूजा शर्मा, रेखा थापा आदि कलाकारको अभिनय रहेको छ ।


Author

थप समाचार
x