सिनेमा

फिल्म बनाउने चलचित्र विकास बोर्डको निर्णय, ‘ठट्टा हो !’

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १३:३१ बजे

काठमाडौँ -  चलचित्र विकास बोर्डले आफैँले फिल्म निर्माण गर्ने गरी बजेट स्वीकृत गर्ने जानकारी बाहिरिएसँगै बोर्डको चलचित्रकर्मी यो निर्णयको विरोधमा देखिएका छन् । चलचित्रकर्मीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बोर्डले विधानमै नभएको काम गर्न लागेको बताएका हुन् । 

पूर्व बोर्ड अध्यक्ष कृष्ण मल्लले फेसबुकमा स्ट्याट्स लेख्दै बोर्डले फिल्म बनाउने निर्णय गरेर ठट्टा गरेको बताए । लौ अर्को ठट्टाको खबर आयो, चलचित्र विकास बोर्ड आफैँले चलचित्र बनाउने रे १ उहाँहरुलाई अनि मन्त्रीजीलाई सम्झाइदिनुपर्यो  कसैले कि बोर्ड नियामक संस्था हो, निर्माण संस्था होइन।’


उनले लेखेका छन्, ुयो सिधै बोर्डको नियम र सिद्धान्तविरुद्ध छ। हो तपाईंहरुले राम्रा चलचित्रमा अनुदान दिन सक्नुहुन्छ, तर आफैँ निर्माता बन्ने काम गलत हो।’
निर्देशक मनोज पण्डितले पनि बोर्डले फिल्म निर्र्माणमा नयाँ र प्रयोगधर्मी चलचित्रकर्मीलाई प्रोत्साहन दिनुको साटो आफैँ फिल्म निर्माण गर्ने अव्यवहारिक निर्णय फिर्ता लिन आग्रह गरेका छन् । 

बोर्डले बिहीबार मात्र बोर्ड आफैँले चलचित्र निर्माण गर्ने गरी बजेट निकासा गरेको खबर सार्वजनिक गरेको थियो । चलचित्रकर्मीले भने बोर्डले गर्नुपर्ने काम नगरेको तर नगर्नुपर्ने काम मात्र गरिरहेको बताएका छन् ।


Author

थप समाचार
x