सिनेमा

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा राहुल केसी

इकागज |
असोज ९, २०८० मंगलबार ९:४८ बजे

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित भएका छन् । सेप्टेम्बर २४ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यामा सम्पन राष्ट्रिय अधिवेशनबाट राहुल केसी अध्यक्ष सहित १३ जनाको समितिको घोषणा गरिएको छ ।

इनास अमेरिकाका २०२१ -२०२३ का राष्ट्रिय महासचिव रहेका राहुल केसी २०२३-२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार , द्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा, प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह- कोषाध्यक्षमा मनिष शर्मा छन् । यसैगरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपालचन्द्र लामिछाने र सदस्यहरुमा अनिल तिमल्सेना, अरुणा कार्की ,गोपाल अधिकारी अमिता लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन् यसैगरि विभिन्न राज्य समितिमा पदाधिकारी, सदस्य निर्वाचित भएका छन ।


केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष, मेरिल्याण्डको अध्यक्षमा लक्ष्मण पौडल , भर्जिनियाको अध्यक्षमा अर्जुन घिमिरे निर्वाचित भएका छन् । प्रमुख अतिथि तथा इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्की तथा मेरिल्याण्डका नेपाली मूलका विधान सभा सदस्य डा ह्यारी भण्डारीले पानसमा बत्ति बालि राष्ट्रिय अधिवेशन शुरु गरेका थिए ।

अधिवॆशनमा रजतपट अङ्कल प्रकाश सुबेदी, गायक तुलसी पराजुली ,नायक रमेश उप्रेती तथा गायिका प्रविशा अधिकारीलाई विशेष सम्मान गरिएको थियो २०२१-२०२३ का अध्यक्ष कन्हैया सिंह परियारले आफ्नो मन्तव्य राख्दै२०२१-२०२३ को समितिलाई विघटन गरेका थिए ।


Author

थप समाचार
x