सिनेमा

अनुप बरालले 'नेपोटिजम र कास्टिङ' काउच गर्ने गरेको अभिनेत्री उषाको आरोप

इकागज |
असोज ५, २०८० शुक्रबार १४:२२ बजे

काठमाडौँ -  अभिनेत्री उषा रजकले अनुप बरालमाथि नेपोटिजम गरेको आरोप लगाएकी छिन् । शुक्रबार उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै बरालले शिक्षालय खोलेर नेपोटिजम र फेबरिजम मात्र गरेको आरोप लगाएकी हुन् ।

उनले यही कारणले निर्माण टिमले फाइनल गरेको ‘कागबेनी’ फिल्मको भूमिकामा आफू छानिएता पनि अनुप बरालले निर्माण टिमलाई प्रभावमा पारेर दीया मास्केलाई दिएको आरोप लगाएकी छिन् । उनले अनुप बराले एक्टर्स स्टुडियोबाट बन्ने सबै नाटकमा दीया मास्केले मात्र मौका पाएको भन्दै गुरु भएपछि नातावाद कृपावादबाट माथि उठ्नुपर्ने पनि जिकिर गरेकी छिन् ।


स्ट्याटसमा उनले अनुप बरालमाथि कास्टिङ काउचको घुमाउरो आरोप पनि लगाएकी छिन् । उनले लेखेकी छिन्  ‘कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर‘एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनु भन्दा ”नेपोटिजम”, “फेबरिजम” किनरु मैले ब्अतयचक स्टुडियो का धेरै विद्यार्थीले पछाडि(पछाडि यो कुरा भनेको सुनेको छु । तर बिरालोको घाँटीमा कसले धन्टी बान्नेरु अझै पनि धेरै जसो राम्रो फिल्मको अडिसन त्यहीँबाट हुन्छ, अझैपनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दुषित ठाउँमा । ठिकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल ।'

उषाले आफू एक्टर्स स्टुडियोको पहिलो विद्ध्यार्थी भएको बताउँदै पहिला यी कुरा भन्नलाई हिम्मत र ज्ञान दुवै नआएको भन्दै गुरुको रुपमा अनुप बरालबाट धेरै कुरा सिकेको बताएकी छिन् । उनले अन्तिममा प्रकाशलाई अवार्ड नदिएर अन्याय भएको कुरा सार्वजनिक भएपछि अन्यायले पोल्ने र आफूले पनि त्यो भोगेको बताएकी छिन् ।  'कुरा प्रकाश फिल्मको स् चलचित्र अवार्ड प्रति मेरो आस्था छ । एकदिन मेरो मिहेनत पुगेको, भाग्य खोलेको दिन मैले पनि पाउने अठोट लिएकी छु । हिजो आर्टिकल पढेंस् बेस्ट फिल्म अवार्ड हराएको रहेछ । फिल्म एकदम राम्रो छ, अवार्ड लायक । यसरी पुरस्कार गायब गरिएको बारे घोर निन्दा गर्दछु । चाँडै न्याय पाइयोस् भन्ने माग गर्दछु । परेमा अझै साथ दिइनेछ । किनकी अन्याय भोगेकी म र अन्य धेरैलाई थाहा छ, कति पोल्छ, दुस्ख हुन्छ भनेर । सबैको भलो होस् ! जय नेपाली सिनेमा ।'

 


Author

थप समाचार
x