सिनेमा

कपिल शर्मादेखि सन्नी देवलसम्म अस्कर जाने दौडमा

इकागज |
असोज ४, २०८० बिहीबार १५:८ बजे

मुम्बई - अस्करका नामले चिनिने एकेडेमी अवार्डमा भारतबाट सहभागिताका लागि कपिल शर्मादेखि सन्नी देवलसम्म भिड्ने भएका छन् । अस्कर अवार्डको ९६ औँ संस्करणका लागि भारतबाट चलचित्र पठाउने गरी अन्तर्राष्ट्रिय फिचर फिल्म कमिटीले इच्छुक चलचित्र माग गरेसँगै हिन्दीसँगै बाँकी भाषाका चलचित्र पनि प्रतिस्पर्धामा सहभागी भएका हुन् । 

यसरी अस्करमा प्रतिस्पर्धाका लागि रुचि देखाउनेमा कपिल शर्मा अभीनित ‘जिग्वाटो’, रनवीर सिंह–आलिया भट्ट अभीनित ‘रकी और रानीकी प्रेम कहानी’,
सन्नी देवल अभीनित ‘गदर २’,  रानी मुखर्जी अभीनित ‘ मिसेज चेटर्जी भर्सेज नर्वे’, अभिषेक बच्चन अभीनित ‘घुमर’ आदि रहेको जनाइएको छ । 


फिल्म छनौट गरेर पठाउने संस्था फिल्म फेडरेसन अफ इन्डियाले कूल गरेर २२ वटा फिल्मको आवेदन परेको जनाएको छ । यसका लागि कमिटी सदस्यले चेन्नईमा फिल्म हेर्न सुरु गरिसकेको पनि जनाइएको छ ।

अघिल्लो साल भारतले डकुमेन्ट्री र फिचर फिल्मतर्फ एउटा एउटा अवार्ड भित्र्याएका थिए । लघु डकुमेन्ट्रीतर्फ ‘एलिफेन्ट ह्विस्पर’ र फिचर तर्फ ‘आरआरआर’ले संगीतकार तर्फको अवार्ड जितेका थिए । यही कारण पनि यो सालको सिफारिसलाई चासोका साथ हेरिएको छ । अघिल्लो साल भारतले गुजराती चलचित्र ‘छेलो सो’ पठाएको थियो जसलाई लिएर भारतमा मत विभाजन रहेको थियो । कतिले ‘आरआरआर’ले पठाउनु पर्ने तर्क गरिरहँदा कमिटीले भने मापदण्डअनुरुप ‘छेलो सो’ उपयुक्त रहेको दाबी गरेको थियो । 


Author

थप समाचार
x