सिनेमा

नेपालका तीन चलचित्र बुसानमा : नविन सुब्बाको ‘गाउँ आएको बाटो’ र सौरभ राईको ‘गुराँस’ एसियन विन्डोमा

इकागज |
भदौ १९, २०८० मंगलबार १६:९ बजे

तस्बिर : गुराँसकाे एक दृश्यमा मेनुका प्रधान र तुलसी खवास ।

दाेहा- टोरन्टोमा प्रिमियर हुन गइरहेको चलचित्र ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि छनोट भएको छ । चलचित्र विन्डो अन एसियन सिनेमा अन्तर्गत छनौट भएको हो । आमोद राई कार्यकारी निर्माता रहेको फिल्मलाई नविन सुब्बाले निर्देशन गरेका हुन् ।

फिल्ममा दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको छ । यसैगरी नेपाल र भारतको निर्माणमा रहेको  सौरभ राईको निर्देशन रहेको ‘गुराँस’ पनि यही श्रेणीमा छनौट भएको हो । ‘गुराँस’ को भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।


रामकृष्ण पोखरेलको निर्माण रहेको फिल्मले सो फेस्टिभलमा फिल्मले १० हजार अमेरिकी डलर पुरस्कार राशिको प्रोक्सिमा स्पेसल जुरी अवार्ड जितेको थियो । यसैगरी निरन्जन भेटवालको निर्देशन रहेको लघु चलचित्र ‘दि विटनेस ट्री’ पनि बुसानमा छनौट भएको छ । 

दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण अक्टोबर ४ तारिखदेखि १३ तारिखसम्म चल्नेछ । बुसानको यो संस्करण ‘बिकज आई हेट कोरिया’को प्रदर्शनसँगै हुनेछ । बुसानले यो पटक हङकङ मुलका अभिनेता चाउ एन फ्याटलाई एसियन फिल्ममेकरको सम्मान दिँदैछ ।
 


Author

थप समाचार
x