सिनेमा

आँचलले साइन् गरिन् ‘ह्वाइट हाउस’

इकागज |
भदौ १२, २०८० मंगलबार ११:१४ बजे

काठमाडौँ - अभिनेत्री आँचल शर्माले नयाँ फिल्म साइन गरेकी छिन् । सोमबार उनले सविनकुमार तोलाङ्गीको लेखन तथा निर्देशन रहने चलचित्र साइन गरेकी हुन् । निर्देशक सविनका अनुसार फिल्मको नाम ‘ह्वाइट हाउस’ राखिएको छ । 

अस्कर कलेजका तेस्रो ब्याचका पास आउट सविनले केही सर्ट फिल्म र थुप्र्रै म्युजिक भिडियोको निर्देशन गरेका छन् । फिल्ममा रहने बाँकी कलाकारको जानकारी निर्माण टिमले बाहिर ल्याएको छैन तर स्रोतका अनुसार फिल्ममा रमेश उप्रेती र गरिमा शर्मा पनि अनुबन्ध भइसकेका छन् ।


अष्ट्रेलिया र नेपालमा सुटिङ हुने फिल्मका लागि बाँकी कलाकारको खोजी भइरहेको छ । फिल्मको सुटिङ तिहारपछि अष्ट्रेलियाबाट गरिने निर्माण टिमले जानकारी गराएको छ । आँचलले यसअघि मुस्कान ढकालको निर्देशन रहने ‘पञ्चामृत’को सुटिङ सक्नेछिन् । यो चलचित्रमा आँचलले धिरज मगर र सौगात मल्लको जोडीको रुपमा अभिनय गर्नेछिन् । 


Author

थप समाचार
x