सिनेमा

विदेशमा चाहिँ फ्लप भयो ‘गदर २’

इकागज |
साउन ३२, २०८० बिहीबार १३:५४ बजे

मुम्बई - भारतको बक्स अफिसमा अभूतपूर्व कमाइ गरिरहेको ‘गदर २’ विदेशमा भने असफल मानिएको छ । यो फिल्मले विकेन्डमा २.१६८ मिलियन अमेरिकी डलर कमाइ गरेको र यसले पाएका हल संख्याको तुलनामा न्यून रहेको व्यापार विश्लेषकले जनाएका छन् ।

भारतमा तीन दिनमै सय करोडको आँकडा पार गर्दा विदेशमा भने फिल्मले १७ करोड हाराहारी कमाइ गरेको बताइएको छ जुन कम हो । यसअघि रिलिज ‘पठान’ले विदेशबाट ४८ मिलियन डलर कमाइ गरेको थियो भने ‘रकी और रानीकी प्रेमकहानी’ले १४ मिलियन । यो तुलनामा पनि ‘गदर २’को कमाइ कम मानिएको छ ।


सन्नी देओल, अमिषा पटेल र उत्कर्ष शर्माको मुख्य भूमिका रहेको यो फिल्मले एक हप्तामै तीन सय करोडको आँकडा छोएको छ । योसँगै फिल्मलाई भारतमा सर्वाधिक कमाउने फिल्मको रुपमा रेकर्ड राख्ने फिल्मको रुपमा हेरिएको छ । भारतमा यो कीर्तिमान ‘पठान’को नाममा छ । यो फिल्मले ५ सय करोड माथिको व्यापार गरेको थियो । 


Author

थप समाचार
x