सिनेमा

'रङ्गेली' बाट हट्यो ' ग्याङ्स्टर्स', शिवरात्रीमा रिलिज

इकागज |
साउन ३०, २०८० मंगलबार १३:१६ बजे

काठमाडौँ -  भदौ तेस्रो सातादेखि फ्लोरमा निस्किने तयारीमा रहेको  चलचित्र 'रङ्गेली ग्याङ्स्टर्स' को नाम  'रङ्गेली' राखिएको छ । निर्माण टिमले सोमबार प्रदर्शन मिति जारी गर्दै नाम परिमार्जन गरेको जानकारी गराएको हो  । नामलाई लिएर स्थानीय समुदायले आपत्ति जनाएपछि नाम परिवर्तन गरिएको निर्माण टिमले जनाएको छ ।
, ' चलचित्रको छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस चलचित्रको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । यद्यपि, चलचित्रको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन ' विज्ञप्तिमा भनिएको छ ।

साथै, वक्तव्यमार्फत  'रङ्गेली'को रिलिज महाशिवरात्रीको अवसरमा मिति २०८० सालको फागुन २५ गतेलाई औपचारिक रुपमा तोकिएको छ । यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहनेछ । आगामी  भदौ २० गतेबाट चलचित्र छायाङ्कनमा जानेछ । 
चलचित्रलाई  अर्जुन सुवेदीले निर्देशन गर्नेछन् ।  यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गर्दैछन् ।



Author

थप समाचार
x