सिनेमा

मणिपुरमा २० वर्षपछि हिन्दी फिल्म देखाइँदै

इकागज |
साउन ३०, २०८० मंगलबार १२:२८ बजे

मुम्बई - ‘भारतमै हिन्दी फिल्मलाई प्रतिबन्ध’ झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर भारतको पूर्वोतर राज्य मणिपुरमा यस्तै नै चलन छ । विगत २० वर्षदेखि त्यहाँ हिन्दी फिल्म चलाउन प्रतिबन्ध छ । तर मंगलबार स्वतन्त्रता दिवसको अवसर पारेर त्यहाँका आदिवासी विद्यार्थीहरूको संगठन ‘द हमार स्टुडेन्ट एसोसिएसन’ले हिन्दी फिल्मको सार्वजनिक प्रदर्शन गर्ने भएको छ । चलचित्र मंगलबार साँझ देखाइने विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो आतंककारी र मेइतेई समूह दुवैविरुद्ध हाम्रो विद्रोह हो । मणिपुर राज्यले पनि वर्षौँदेखि यहाँको आदिवासीलाई तल्ला दर्जाको नागरिकको रुपमा गरेको व्यवहारको पनि जवाफ हो ।’


मेइतेई जातका मानिसको बाहुल्य रहेको मणिपुरमा महिलाहरुको यो समूहले पनि आदिवासीमाथि थिचोमिचो गर्दै आइरहेको छ । सन् २००६ मा हमार समुदायका २० बढी महिलामाथि आतंककारीको समूहले सरकार समर्थित सेनालाई सहयोग गरेको भन्दै बलात्कार गरेको थियो । हमारले स्वतन्त्रता र न्यायको लडाइँमा समर्थन जनाउन पनि फिल्मको प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।

विगत २० वर्षदेखि मणिपुरमा कुनै पनि हिन्दी फिल्म चल्ने मौका पाएका छन् । हिन्दी फिल्म प्रतिबन्धमा पर्नुअघि सन् २०९८ मा त्यहाँ ‘कुछ कुछ होता है’ चलेको थियो ।
तर मंगलबार कुन हिन्दी फिल्म देखाइन लागेको हो भन्ने कुरा चाहिँ खुलाइएको छैन ।


Author

थप समाचार
x