सिनेमा

भगवान ठानेको मान्छे राक्षस बन्‍ने कथामा ‘गणपति’ ट्रेलर

इकागज |
साउन ३०, २०८० मंगलबार ११:२० बजे

काठमाडौँ -  जेठ ५ बाट सरेर भदौ १४ मा आइपुगेको  चलचित्र ‘गणपति’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने प्रयास गरेको छ ।

ट्रेलरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढावलाई देखाइएको छ । सबिन अधिकारीले निर्देशन गरेको चलचित्रमा मुकुन भुषाल, मेनुका प्रधान, कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

ट्रेलरले कोही व्यक्ति कुनै बेला त्यहि समाजको भगवान बन्‍ने र उही व्यक्ति भिलेन बन्‍न जाने र त्यो समयमा समाजले त्यो व्यक्तिलाई कसरी व्यवहार गर्छ भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताउँदै आएका  छन् । चलचित्रमा अभिनेता भुसाल शीर्ष चरित्रमा छन् । यो चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर थारुवासमा भएको हो । रिजाल एन्ड रिजाल प्रडक्सनको ब्यानरमा रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको  चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ । चलचित्रमा लेखन सविन स्वयंले गरेका छन् ।


 

 

 


Author

थप समाचार
x