सिनेमा

जेभियर कलेजमा सलोन र केकीको फिल्म प्रचार

इकागज |
साउन २९, २०८० सोमबार १७:३६ बजे

काठमाडौँ- आगामी भदौ ८ मा देशैभर प्रदर्शन हुन लागेको फिल्म ‘जय हो’ले सोमबार कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा प्रचारप्रसार गरेको छ । फिल्मका प्रमुख कलाकार केकी अधिकारी, सलोन बस्नेत र प्रस्तुतकर्ता शोभित बस्नेतलगायतको टोली कलेज पुगेर विद्यार्थीमाझ प्रचारप्रसार गरेका हुन् ।

कार्यक्रममा केकी र सलोनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको पहिलो दिनको अवसरमा नयाँ शैक्षिक यात्राको शुभकामना दिँदै भविष्यलाई अझ उज्जवल बनाउन कामना गरे । उनीहरुले आफूहरुको फिल्मले दर्शकलाई नयाँ सन्देश दिने भन्दै फिल्म हेरिदिन आग्रह गरेका थिए ।


फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले उनीहरुले शिक्षाका लागि परिचित जेभियरमा पुगेर फिल्मको प्रचारप्रसार गर्न पाउँदा खुशी लागेको बताए । यो कलेजमा यस वर्ष कलेजकै इतिहासमा सर्वाधिक १५ सय विद्यार्थी कक्षा ११ मा भर्ना भएका छन् । जसमा ७ विद्यार्थीले जीपीए ४ ल्याएका छन् । फिल्ममा केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको शीर्ष भूमिका छ ।

फिल्ममा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ र सुशान्त श्रेष्ठले समेत अभिनय गरेका छन् । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स रहेको छ ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजीत बास्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिंह बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् । फिल्मका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् ।


Author

थप समाचार
x