सिनेमा

बक्स अफिसमा सन्नी देओलको ‘गदर’

इकागज |
साउन २९, २०८० सोमबार ११:४२ बजे

मुम्बई - २२ वर्षपछि सन्नी देओलले बक्स अफिसमा सुनामी ल्याएका छन् । पहिलो ‘गदर’ रिलिजपछि बक्स अफिसमा दर्शक बोलाउन असफल रहेका सन्नी देओलको ‘गदर २’ले भने पैसा बर्साइरहेको छ । फिल्मले आइतबार मात्र ५१ करोडको व्यापार गरेर तीन दिनमै सय करोड क्लबमा प्रवेश पाएको छ ।

पहिलो दिन फिल्मले बक्स अफिसमा ४० करोडको व्यापार गरेको थियो भने दोस्रो दिन शनिबार ४३ करोडको । आइतबार ५१ करोडको व्यापार गर्दै फिल्मले तीन दिनमा कुल १ सय ३४ करोड कमाइ गरेको छ । 


सोमबार पनि बिदा परेकाले यो फिल्मले आइतबारकै हाराहारीमा व्यापार गर्ने अनुमान गरिएको छ । भारत पाकिस्तानको विभाजनको पृष्ठभूमिमा प्रेमकथा पस्केको पहिलो शृंखलाले अपत्यारिलो व्यापार गरेको थियो । फिल्मको शीर्ष भूमिकामा सन्नी देओल र अमिषा पटेल छन् ।

अघिल्लो शृंखलामा श्रीमति देश फर्काउन पाकिस्तान पुगेर विद्रोह गर्ने सन्नीले यो पटक छोराका लागि उस्तै लडाइँ लडेका छन् । यो फिल्मले भारतमा मात्र ५ सय करोड माथिको व्यापार गर्ने अनुमान गरिएको छ । यही फिल्मसँगै रिलिज ‘जेलर’ र ‘ओएमजी २’ले पनि राम्रो व्यापार गरेका छन् । 
 


Author

थप समाचार
x