सिनेमा

जनकको ‘घर ज्वाईँ’मा पनि दया र मिरुनाको जोडी

इकागज |
साउन २८, २०८० आइतबार १३:४४ बजे

काठमाडौँ - ‘जारी’ सफलताको प्रभावले निर्माताहरू दयाहाङ राई र मिरुना मगरको जोडी बनाएर फिल्म बनाउन उत्सुक देखिएका छन् । ‘जारी’पछि दया र मिरुनाको जोडी ‘नांगो गाउँ’मा आउँदैछ भने भदौको तेस्रो सातादेखि फ्लोरमा जाने तयारीमा रहेको ‘रंगेल ग्याङस्टर’मा पनि यही जोडी दोहोरिनेछ ।

यही बीचमा पहिलो पल्ट फिल्म निर्माणमा हाम्फाल्न लागेका जनकघर्ती मगरले पनि दया र मिरुनाको जोडी जुराएका छन् । दया पहिले नै फिल्ममा अनुबन्ध भइसकेको फिल्ममा जनकले दुई दिनअघि मिरुनालाई पनि भित्र्याएका छन् ।


जनकले शुक्रबार मिरुनालाई फिल्ममा अनुबन्ध गरिएको जानकारी गराएका छन् । ‘दया र मिरुनाबाहेक बुद्धि तामाङ र शिशिर वाङ्देल पनि फिल्ममा फाइनल हुनु भएको छ । अब फिल्मको मुख्य कलाकार लगभग फाइनल भएको छ । अब प्रिप्रडक्सनको काम सुरु गछौँँ’ जनकले भने । यो फिल्मलाई अनिल मगरले निर्देशन गर्नेछन् । फिल्मको सुटिङ भने माघबाट गर्ने निर्माण टिमको तयारी छ । 


Author

थप समाचार
x