सिनेमा

रिजाल दाजुभाइको फिल्ममा पहिलोपल्ट अटाएनन् आर्यन, ‘काजी’मा भित्रिए विपिन

इकागज |
साउन २५, २०८० बिहीबार १७:५७ बजे

काठमाडौँ - दोस्रो फिल्मदेखि आर्यनलाई नछोडी फिल्म बनाउँदै आएका निर्देशक लक्ष्मण रिजाल र निर्माता रामप्रसाद रिजालले पहिलो पल्ट आर्यन सिग्देलको साथ छाडेका छन् । उनीहरूले बनाउन लागेको नयाँ फिल्म ‘काजी’मा विपिन कार्की  अनुबन्ध भएका छन् । राम र लक्ष्मण दाजुभाइ हुन् ।

लक्ष्मण रिजालले आर्यनलाई लिएर ‘धुवाँ यो नशा’, ‘अलविदा’, ‘कायरा’ निर्देशन गरेका थिए । लक्ष्मण निर्माता रहेको अघिल्लो साल रिलिज ‘डिसेम्बर फल्स’मा पनि आर्यन छुटेका थिएनन् । तर ‘काजी’ मा आएर रिजाल दाजुभाइ र आर्यनको जुगलबन्दी छुटेको छ । स्रोतले यो फिल्ममा आर्यन देखिने सम्भावना नरहेको बतायो ।  लन्डनमा सुटिङ हुने भनिएको फिल्ममा वर्षा सिवाकोटी पहिले नै अनुबन्ध भइसकेकी छिन् ।


रिजाल दाजुभाइलाई असफलताका बावजुद निरन्तर फिल्म बनाउने निर्माताको रुपमा चिनिन्छ ।  दुवैको निर्माण रहेको ‘गणपति’ भादै १४ मा प्रदर्शनमा आउने चर्चा थियो तर यो फिल्म अहिले सुस्ताएको छ । 


Author

थप समाचार
x