सिनेमा

‘कामिनो’बाट वर्षा बाहिरिइन्, आना भित्र्याउने तयारी

इकागज |
साउन २१, २०८० आइतबार १३:४९ बजे

काठमाडौँ - फ्लोरमा जान संघर्ष गरिरहेको ‘कामिनो’मा कलाकार इन \आउन शृंखला चलिरहेको छ । अघिल्लो हप्ता फिल्मबाट वर्षा सिवाकोटी पनि बाहिरिएपछि फिल्मको भविष्यलाई लिएर शंका व्यक्त गर्न थालिएको थियो । तर यही बीचमा निर्माण टिमले अभिनेत्रीको भूमिकाका लागि आना शर्मालाई मनाएको खबर छ ।

 निर्देशक दीपक ओलीले केही दिनमै आना शर्मालाई औपचारिक रुपमा अनुबन्ध गर्ने संचारमाध्यममा बताएका छन् ।आना शर्मा फाइनल हुँदा पनि निर्माण टिमलाई थप एक अभिनेत्रीको खाँचो रहनेछ । आनाले वर्षालाई प्रतिस्थापन गर्न लागेकी होइनन् । आना नीति शाहको ठाउँमा आउन लागेकी हुन् । सबैभन्दा पहिला यो फिल्मको कास्ट सार्वजनिक हुँदा नीति र वर्षा फरक फरक भूमिकामा रहने निर्माण टिमले बताएको थियो । 


निर्धारित समयमा सुटिङ नभएको भन्दै दुई हप्ताअघि नीतिले ‘कामिनो’ छाडेको जानकारी गराएकी थिइन् । यो लगत्तै मुम्बई उडेकी नीतिले फर्केर ‘रावायण’ साइन गरेकी छिन् । उता वर्षाले पनि लक्ष्मण रिजालको निर्देशन रहने ‘काजी’का लागि समय दिने भन्दै ‘कामिनो’ छाडेकी थिइन् । तर निर्माण टिमले उनको ठाउँ कसलाई राख्ने, खबर सार्वजनिक गरिसकेको छैन । 

सुरुमा मेक्सिकोमा सुटिङ गर्ने भनिए पनि भिसाको समस्या भएपछि फिलिपिन्समा सुटिङ गर्ने तयारी गरिएको छ । यसका लागि प्रदीपले हाल नृत्य सिकिरहेको पनि निर्माण टिमले जनाएको छ । ‘कामिनो’बाट कलाकार मात्र होइन निर्माता पनि फेरिएका छन् । यही कारणले पनि सुटिङमा ढिलाइ भएको निर्देशकको दाबी छ । 


Author

थप समाचार
x