सिनेमा

‘शहजादा’ फ्लपको असर, कार्तिकले रिमेकमा कहिलै काम नगर्ने

इकागज |
साउन २१, २०८० आइतबार १२:२३ बजे

मुम्बई -  अभिनेता कार्तिक आर्यनले आइन्दा रिमेकमा काम नगर्ने घोषणा गरेका छन् । उनले बीबीसी एसिया नेटवर्कसँग कुरा गर्दै अर्काको जुत्तामा खुट्टा राखेर नहिँड्ने निर्णय गरेको बताएका छन् । 

‘आज भोलि जुन फिल्मको पनि कुरा हुन्छ, कुनै न कुनै फिल्मको रिमेक हुन्छ । तर अब मैले यस्ता फिल्म नगर्ने निर्णय गरेको छु । म अरु कसैले बाँचिसकेको चरित्र बाँच्न चाहान्न,’ उनको भनाइ छ ।


कार्तिक आर्यनको ‘शहजादा’ नराम्ररी फ्लप भएपछि उनी रिमेकसँग तर्सिन थालेका हुन् । दुई अर्ब हाराहारीमा बनेको फिल्मले जम्मा ४७ करोडको व्यापार गरेको थियो जसमा भारतको व्यापार ३८ करोड थियो ।

यो फिल्म अल्लु अर्जुन अभीनित ‘आला बैकुण्ठपुरमलु’को रिमेक थियो । तेलगुमा बनेको यो फिल्मले दक्षिण भारतमा सुपरहिटको व्यापार गरेको थियो । यसैबाट लोभिएर निर्माताले यसको रिमेक बनाएका थिए । तर दर्शकले यो फिल्म हेर्ने कष्ट गरेनन् । यही हालत साहिद कपुर अभीनित ‘जर्सी’को पनि भएको थियो । 
 


Author

थप समाचार
x