सिनेमा

रत्नपार्कको वरिपरि ‘जुलेबी’ बनाउँदै सुरक्षा, निशा र उषा (ट्रेलर)

इकागज |
साउन २०, २०८० शनिबार १३:५४ बजे

काठमाडौँ - रत्नपार्क वरिपरि जम्मा हुने चरित्रको कथामा तयार भएको चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट लामो ट्रेलरले सातजना पात्रको कथा प्रस्तुत गर्छ  । यौन मनोविज्ञानको झल्को पाइन चलचित्रका पात्रहरूको अभिनयले प्रभावित पार्छ । ट्रेलरमा सुरक्षा पन्त यौनकर्मीको रुपमा जमेकी छिन् भने सुशील सिटौलाले पनि प्रभावित गर्छन् ।

कार्यकारी निर्माता नवीन भट्ट रहेकोे चलचित्रलाई गणेश देव पाण्डेले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समिरमणि दीक्षितलगायतको अभिनय छ ।

 



Author

थप समाचार
x