सिनेमा

अनमोलले ‘कबड्डी ४’को १ करोड हिनामिना गरेको भन्दै सिक्किममा उजुरी

इकागज |
साउन २०, २०८० शनिबार १२:१६ बजे

काठमाडौँ - ‘कबड्डी ४’को १ करोड रकम हिनामिना गरेको भन्दै ‘कबड्डी ४’ निर्माता सुषमा गुरुङले कालिम्पोङका गायक तथा निर्देशक अनमोल गुरुङविरुद्ध १ करोड हिनामिनाको उजुरी दायर गरेकी छिन् । सिक्किमको अनलाइन सिक्किम टुडेका अनुसार अनमोलविरुद्ध सुषमाले ‘कबड्डी ४’को १ करोड रकम हिनामिना गरेको भन्दै सिक्किमको गान्तोकमा १३ जुनमा प्रहरीमा उजुरी दर्ता गराएको समाचारमा उल्लेख छ । 

सुषमा ‘कबड्डी ४’की निर्माता हुन् । उनले भारतका नेपालीभाषी बाहुल्य राज्यमा फिल्म चलाउने गरी महंगो रकममा फिल्मको अधिकार किनेको बताइएको थियो ।
अनमोल गुरुङ भने ‘आप्पा’का निर्देशक हुन् । धिरज मगर र अदिती बुढाथोकी अभीनित ‘बाबरी’ चलचित्रका संगीतकार तथा गायकसमेत रहेका उनले दार्जिलिङ, कालिम्पोङमा फिल्म चलाएवापतको पैसा हिनामिना गरेको सुषमाको आरोप छ । सुषमाको उजुरीमा गान्तोक प्रहरीले अनमोललाई पक्रेर छानबिन गरेको र उनलाई जमानतमा रिहा गरेको बताइएको छ । 



Author

थप समाचार
x