सिनेमा

सुटिङ नसकिँदै ‘अगस्त्य–भाग १’ पनि विदेशमा बिक्री

इकागज |
साउन १८, २०८० बिहीबार १५:५९ बजे

काठमाडौं -  सौगात मल्ल र नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म ‘अगस्त्य–भाग १’ डायस्पोरामा बिक्री भएको छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज प्रालिबीच ‘अगस्त्य भाग १’ को अन्तर्राष्ट्रिय रिलिजलाई लिएर सम्झौता भएको हो ।

सम्झौताअनुसार सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब ८०० देखि १००० शो, क्यानडामा १५० शो, युरोपका बाँकी देशहरू, जापान, कोरिया, हङकङ र थाइल्यान्डमा गरी १५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न सहरहरुमा करिव ५०० शो र मध्यपूर्वका विभिन्न देशहरूका हलमा ७५० शो प्रदर्शन हुनेछ ।


निर्माण पक्षले फिल्मको छायांकन करिब ४५ प्रतिशत सकिंदै गर्दा नै अन्तर्राष्ट्रिय रिलिज महंगो रकममा बिक्री हुनुलाई उपलब्धि मानेको छ । ‘सेभेन सिज प्रालिसँगको यो सम्झौता ‘अगस्त्य भाग १’ का लागि मात्रै नभएर सिंगो नेपाली फिल्म उद्योगकै लागि सकारात्मक कुरा हो’, डार्क हस इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘अगस्त्य–भाग १’ को ४५ प्रतिशत छायांकन भारत उत्तर प्रदेशको विभिन्न स्थानमा गरिसकिएको छ भने बाँकी ५५ प्रतिशत छायांकन पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्तादेखि सुरु हुँदैछ। फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायत अन्य नेपाली कलाकारसँगै भारतीय कलाकारहरुको पनि अभिनय रहेको छ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गोचन रहेका छन्। फिल्मको प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।


Author

थप समाचार
x