सिनेमा

कलेजबाट ‘ऐंचौ पैंचो’को प्रचार

इकागज |
साउन १८, २०८० बिहीबार ११:५८ बजे

काठमाडौँ-  कृषा चौलागाईको निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचौ पैंचो’ले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार सिनेमाको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर सिनेमाको प्रचार आरम्भ गरेको हो ।

सिनेमाको प्रचार गर्न अभिनेता सुशिल सिटौला, अभिनेता राजाराम पौडल र अभिनेत्री सारदा गिरी काली बुढी बुधबार टेक्सास कलेज पुगेका थिए । ओरेन्टेसन कार्यक्रमका पुगेका तीन जना कलाकारले आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘ऐंचो पैंचो’को बारेमा जानकारी गराएका थिए ।  कार्यक्रममा सिनेमाको गीत ‘काले केटा’ले तीनै जना कलाकारले नृत्य गरेका थिए ।


 निर्देशक चौलागाईका अनुसार अबको केही दिनमा सिनेमाको ट्रेलर सार्वजनिक गर्दै पूर्ण रुपमा सिनेमाको प्रचारमा केन्द्रित हुने बताइन् । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । 

 प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
 


Author

थप समाचार
x