सिनेमा

शाहरुखको ‘जिन्दा बन्दा’ को बजेटमा अनुरागले बनाउँछन् तीन फिल्म

इकागज |
साउन १६, २०८० मंगलबार १०:४७ बजे

मुम्बई - शाहरुख खान अभीनित ‘जवान’को पहिलो गीत ‘जिन्दा बन्दा’ सोमबार सार्वजनिक भएको छ । तर गीत रिलिजसँगै शाहरुखका फ्यान  गीतलाई लिएर निराश भएका छन् । शाहरुखले पानी सरी पैसा बगाएको तर पनि गीत गतिलो नभएको धेरैको टिप्पणी छ । 

शाहरुख आफैँ निर्मातासमेत रहेको यो गीतका लागि १५ करोड खर्चिएको समाचार आएका छन् । तर टिप्पणीकर्ताले औसत गीतका लागि यत्ति धेरै पैसा खर्च गर्नुभन्दा यत्तिको पैसामा अनुराग कश्यपले तीन वटा फिल्म बनाउने भन्दै, बरु त्यो पैसा अनुरागले दिएको भए हुने भनी टिप्पणी गरेका छन् ।


रेहान नाम गरेका दर्शकले लेखेका छन्, ‘श्रीराम राघवनले १६ करोडमा 'बदलापुर' बनाएका थिए त्यो पनि वरुण धवन र नवाजुद्दिन जस्ता स्टारलाई लिएर । अनुराग कश्यपले ३ करोडमा 'रमन राघव' बनाएका थिए । यस हिसाबले शाहरुखको एउटा गीतको बजेटमा तीनवटा 'रमन राघव' बनाउँथे । तर शाहरुखले यत्रो खर्च गरेको गीतले फिल्मलाई केही फाइदा गर्नेवाला छैन ।’

उनले संगीतकार अनिरुद्र र गीतकार इरसाद कामिलले पहिला राम्रै गीतमा सहकार्य गरेको भए पनि यो पालि चुकेको बताएका छन् । ‘जिन्दा बन्दा’लाई अनिरुद्रले संगीत दिएसँगै स्वर पनि दिएका छन् । तर धेरैले गीतमा उनको स्वर नै बिझाएको पनि टिप्पणी गरेका छन् । ‘जवान’मा शाहरुखको दोहोरो भूमिका रहेको छ । शाहरुखबाहेक फिल्ममा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा र दीपिका पादुकोनको पनि मुख्य भूमिका रहेको छ । 


Author

थप समाचार
x