सिनेमा

'मिस स्कार्लेट' को टिजर सार्वजनिक

इकागज |
साउन १५, २०८० सोमबार १६:१३ बजे

काठमाडौँ-

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक भएको छ । साइकोलोजिकल थ्रिलर सिरिजको पहिलो सिजन ४ एपिसोडको हुनेछ र प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ । यसलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ ।

वीरगन्जमा छायांकन गरिएको यस सिरिजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय छ ।

प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायांकन छ । यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यू गरेका हुन् । नेपालको लागि तयार पारिएको यो सिरिज ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलिज गरिनेछ । अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ ।

यस सिरिजको ट्रेलर ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको घोषणा कार्यक्रममा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ । विश्व भरिबाट जुनसुकै डिभाइसमा पनि अनलाइन सब्सक्रिप्सन लिएर हेर्न मिल्ने बताईएको छ ।



 



Author

थप समाचार
x