सिनेमा

‘एैँचो पैँचो’ गीत : काले केटाको बखान गर्दै स्वस्तिमा र वर्षा

इकागज |
साउन ११, २०८० बिहीबार १६:४२ बजे

काठमाडौँ -  भदौ १४ मा प्रदर्शन हुने चलचित्र ‘एैँचो पैँचो’को गीत सार्वजनिक भएको छ । ‘काले केटाले’ बोलको यो गीतमा फिल्मका मुख्य कलाकार सुशिल सिटौला, वर्षा राउत, मुकुन भुषाल, स्वस्तिमा खड्का आदिले नृत्य गरेका छन् । गीतमा ‘फुलथुंगे रानी’का मोडल पारस विश्वकर्माको पनि नृत्य रहेको छ । 

आशिष अविरलको शब्द संगीत रहेको गीतलाई आशिषले अस्मिता अधिकारीसँग मिलेर गाएका छन् । गीतमा ‘काले केटा’लाई क्याची हुक लाइनको रुपमा प्रयोग गर्न खोजिएको छ जसमा संगीतकार र निर्माण टिम कत्तिको सफल हुन्छन्, केही दिनमा टुंगो लाग्नेछ । तर निर्देशक कृषा चौँलागाईँले गीतमा मन खोलेर खर्च गरेकी छिन् ।


नृत्य निर्देशक कविराज गहतराजलाई फ्रेममा नआउने गरी कृषाले कोरस दिएकी छिन् जुन नेपाली सिनेमामा पछिल्लो समय देख्न छाडिएको थियो । यसैगरि फिल्मको कोरियोग्राफी र स्टेप पनि आकर्षक छ ।

राजनीतिक पृष्ठभूमिमा कमेडी शैलीमा बनेको फिल्ममा  कोशिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी , रविन्द्र झा आदिको पनि अभिनय रहेको छ । फिल्मलाई अभिमन्यू निरबीले लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । सम्पादन विपिन मल्ल र भुपेन्द्र अधिकारीको रहेको छ । 

 


Author

थप समाचार
x