सिनेमा

आकर्षण र वास्नाको कथामा ‘जुलेबी’ टिजर

इकागज |
साउन ९, २०८० मंगलबार १६:२१ बजे

काठमाडौँ - भदौ १ गते प्रदर्शनमा आउने तयारी गरिरहेको ‘जुलेबी’को टिजर रिलिज भएको छ । सार्वजनिक टिजरले फिल्म आकर्षण र वास्नाको वरिपरि रहेर निर्माण गरिएको संकेत गर्छन् । 

चलचित्रले फरक फरक पृष्ठभूमिमा रहेका चार पात्रको कथा प्रस्तुत गर्छ । सार्वजनिक टिजरमा सुरक्षा पन्तले यौनकर्मीको भूमिका निर्वाह गरेको झलक देख्न सकिन्छ । यसैगरी चलचित्रमा उषा रजक, निशा अधिकारी र मोनिका थापाको पनि महत्वपूर्ण भूमिका रहेको देख्न सकिन्छ । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय रहेको छ ।


फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।  विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको फिल्मको निर्माता आभा शर्मा नेपाल हुन् । फिल्मको वितरण डिसीएन र रिच इन्टरटेन्टमेन्टले गर्नेछन् । 


 


Author

थप समाचार
x