सिनेमा

‘तेल भिसा’ मा फिल्म खेल्‍न अमेरिका जाँदै  विपिन कार्की

इकागज |
साउन ७, २०८० आइतबार १६:२० बजे

काठमाडौँ  - ‘ब्रेकफेल’ बनाएर अमेरिका उडेका शंकर घिमिरेले निर्देशनमा कमब्याक गर्ने भएका छन् । उनले विपिन कार्कीलाई मुख्य भूमिकामा अनुबन्ध गर्दै नयाँ फिल्म ‘तेल भिसा’को घोषणा गरेका छन् । आइतबार विपिनसँग कागजी सम्झौता भएको छ । फिल्ममा विपिन कार्की दोहोरो भूमिकामा देखिने जनाइएको छ ।

फिल्मको छायांकन नेपालसँगै अमेरिकामा पनि हुनेछ । फिल्मको नामैले यो कमेडी श्रेणीमा बन्ने अनुमान गर्न सकिन्छ ।  छोराछोरीले बच्चा जन्माएपछि बाबुआमालाई बच्चाको हेरचाहका लागि विदेश बोलाउने चलन छ । बाबुआमाले पाउने यो भिसालाई रमाइलो गरी तेल भिसा भन्ने चलन छ । फिल्मले त्यह विषय उठाउने अनुमान गर्न सकिन्छ । शंकर घिमिरेले निर्देशन गरेको ‘तुलसी’ प्रदर्शन हुन सकेको थिएन । 



Author

थप समाचार
x