सिनेमा

बलिउड फिल्म जसको नाममा छ सबैभन्दा धेरै अवार्ड जितेको वर्ल्ड रेकर्ड

इकागज |
साउन ७, २०८० आइतबार ११:४३ बजे

मुम्बई -  बलिउडमा सबैभन्दा चर्चित फिल्महरूको नाम आउँदा ‘मुगले आजम’, ‘शोले’, ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’, ‘हम आपके हैँ कौन’ आदि फिल्मको नाम आउँछ । अझ व्यापारसँगै वजनदार फिल्मको नाम लिनुपर्दा आमिरको ‘लगान’, ‘दंगल’ आदि नाम आउँछन् । 

अस्करको अन्तिम ५ को दौडमा सामेल हुन सफल ‘लगान’ले ४९ वटा अवार्ड जितेको रेकर्ड छ । तर बलिउडमा झण्डै सयको संख्यामा अवार्ड जितेको फिल्म छ र त्यसको नाममा सबैभन्दा बढी अवार्ड जित्ने रेकर्ड पनि छ । 


त्यो फिल्म हो सन् २००० मा रिलिज भएको ‘कहो ना प्यार है’ । ऋतिक रोशन र अमिषा पटेलको डेब्यू रहेको यो फिल्मले ९२ वटा अवार्ड जितेको थियो । योसँगै यो फिल्मलाई सन् २००२ मा बढी अवार्ड जित्ने फिल्मको रुपमा गिनिज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको थियो । 

सन् २००३ मा लिम्का वल्र्ड रेकर्डमा पनि यो फिल्मको नाम छ । १० करोडमा बनेको यो फिल्मले उसबेला ७८ करोड कमाइ गरेको थियो । यही फिल्मबाट राकेश रोशनले पहिलोपल्ट फिल्मफेयर अवार्ड जितेका थिए ।


Author

थप समाचार
x