सिनेमा

सय रुपैँयामा नै धरानमा ‘जारी’ हेर्न पाइने

इकागज |
साउन ७, २०८० आइतबार १०:२४ बजे

काठमाडौँ -  शनिबार प्रदर्शनको सय दिन मनाएको चलचित्र ‘जारी’ले धरानमा दर्शकका लागि नयाँ अफर ल्याएको छ । धरानमा रहेको फेन्ड्स सिनेमा हलले आइतबार जम्मा सय रुपैँयामा ‘जारी’ देखाउने भएको हो । अफर एक दिनका लागि मात्र रहने हलले जनाएको छ । 

वैशाख १ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले काठमाडौँका दुई हलसँगै धरानमा पनि सय दिन मनाएको हो । यही अवसरमा निर्माता र धरानको हलले टिकटको मूल्य कटौती गर्दै सय रुपैयाँमा नै देखाउने निर्णय गरेका हुन् ।


उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मले लिम्बू संस्कृतिको धागोमा प्रेमकथालाई बुनेको थियो । चलचित्रमा दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको थियो ।चलचित्रले सय दिनको प्रदर्शनमा १७ करोड १७ लाख ग्रस कमाइ गरेको छ । ‘जारी’ यो साल ‘छक्का पञ्जा’ पछि सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म हो ।  


Author

थप समाचार
x