सिनेमा

पुस्तकालय खोल्ने अभिनेत्री करिष्मा मानन्धरको चाहाना

इकागज |
साउन ५, २०८० शुक्रबार १४:२१ बजे

काठमाडौं -  अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् । ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन ।  त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन् ।  ‘सानो सोच, एउटा सानो सोच आएको छ, ​स्यानो पुस्तकालय बनाउने, गोदावरीबाट सुरु गरौं कि, केही किताब छन् घरमा जुन बिनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौं , हजुरहरुसंग केही राम्रा किताबहरु छ्न भने उपहार स्वरुप दिनुहोस्’ भन्दै उनले फेसबुकमार्फत पुस्तक सहयोग गर्न अपिल पनि गरेकी छिन् ।

करिष्मा ​अभीनित बगान हाल हलमा चलिरहेको छ । एकल महिलाको विवाहको कथामा बनेको फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।  कथा वस्तु र अभिनयको तारिफ भइरहँदा प्रस्तुतिमा भने फिल्म चुकेको धेरैको प्रतिक्रिया छ ।



Author

थप समाचार
x