सिनेमा

सरकारले दियो बनेपामा फिल्म स्टुडियो बनाउने जग्गा

इकागज |
असार २८, २०८० बिहीबार १७:३६ बजे

काठमाडौं - सरकारले काभ्रेको बनेपामा फिल्म स्टुडियो बनाउन जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ ।  गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि बनेपा– १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो ।

चलचित्र विकास बाेर्डले लामो समयदेखि इन्डोर स्टुडियो निर्माणका लागि सरकारसँग ताकेता गर्दै आइरहेको थियो । बाेर्डले यही वर्षदेखि स्टुडियो निर्माणको काम सुरु गर्नेछ ।
 



Author

थप समाचार
x