सिनेमा

शाहरूखको 'जवान' लाई धेरै दृश्य चाेरी र नक्कल गरेकाे आरोप

इकागज |
असार २६, २०८० मंगलबार १०:१३ बजे

मुम्बई-  बलिउड स्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’ लाई लिएर निकै चर्चामा छन् । हिजाे अर्थात जुलाइ १० मा  साे फिल्मको प्रिभ्यु ट्रेलर सार्वजनिक भएको थियाे ।  एटलीले निर्देशन गरेको यो फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाइरहेको छ । केहीले ट्रेलर मनपराएका छन्   केहीले ट्रेलरमा केही पनि नयाँ नभएको टिप्पणी गरेका छन् ।  

 प्रिभ्यु ट्रेलरमा शाहरुख अभिनेता फरक लुक्समा देखिएका छन् । तर जति पनि लुक्स छन् ति कतै न कतै पहिले देखिएको धेरैको भनाइ छ । ​प्रिभ्यु ट्रेलरमा शाहरुख आधा अनुहारमा मास्क लगाएको देखिएका छन् यो लुक  अभिनेता चियान विक्रमको फिल्म 'अपरिचित'मा देखिइसकेका छन् । उनले फिल्ममा गरेको अभिनयका लागि धेरै तारिफ पाएका थिए ।


यसपछि प्रिभ्यु भिडियोको एउटा दृश्यमा प्रभासको फिल्म बाहुबलीको स्टाइलमा एक बालकले हात उठाउँदै गरेको देखाइएको छ, जुन बाहुबलीबाट कपी पेस्ट भएको देखिन्छ । यस्तै यस्तै दृश्य द लायन किङमा पनि खिचिएको थियाे । 'जवान' मा शाहरुखको अनुहारमा पट्टी लगाएको लुकले मानिसहरूलाई फिल्म 'डार्क म्यान'को याद दिलाउँछ। यसैबीच, पट्टीमा बेरिएको किंग खानको कूल लुक हलिउड वेब सिरिज ‘मुन लाइट’सँग धेरै हदसम्म मेल खाएकाे प्रतिक्रिया जनाइएकाे छ । 

र, किंग खानको बाल्ड लुकले साउथ सुपरस्टार रजनीकान्तको फिल्म ‘शिवाजी द बोस’ को सम्झना दिलाउँछ । सामाजिक सञ्जालमा नेटिजन्सले जवानमा उनको लुक रजनीकान्तको फिल्मबाट नक्कल गरिएको महसुस गरेका छन् । यसै क्रममा जवानको प्रिभ्यु ट्रेलरमा हाइवेमा छायांकन गरिएको बाइक चेसिङ सीन साउथ सुपरस्टार थला अजितको फिल्म ‘वालिमाई’ को कपी–पेस्ट जस्तो भएको प्रतिक्रिया दिएका छन् ।


Author

थप समाचार
x