सिनेमा

दीपक रौनियारको 'राजागञ्‍ज'मा दयाहाङसँग निकिताको जोडी

इकागज |
असार १७, २०८० आइतबार १५:२५ बजे

काठमाडौँ- ‘ह्वाइट सन’ निर्देशक दीपक रौनियारको नयाँ फिल्म 'राजागञ्‍ज'मा दयाहाङ राईसँगै  सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले  पनि अभिनय गर्ने भएकी छिन् । तीन वर्षअघि विराज भट्टको जोडीको रुपमा ‘साङ्लो’बाट डेब्यू गरेकी निकिता ‘राजागन्ज’बाट पुनः सिनेमामा फर्किन लागेकी हुन् । सिनेमालाई ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारले निर्देशन गर्नेछन् । सिनेमालाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्नेछन् ।

सिनेमामा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । यो सिनेमालाई पुलिस थ्रिलरको जनरामा राखिएको छ । सिनेमामा निकिताका अलवा दयाहाङ राई र अभिनेत्री आशा मंगरातीको प्रमुख भूमिका रहनेछ । सिनेमामा पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको पनि अभिनय रहनेछ ।


यसै सिनेमाबाट निर्माता बनेका रामबाबुले निर्देशक रौनियारसँग आफू सिनेक्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको उल्लेख गर्दै सँगै काम गर्ने अवसर जुरेकोमा खुसी व्यक्त गरेका छन् । ‘यो सिनेमा नेपाली सिनेमा क्षेत्रका लागि कोशेढुङ्गा हुनेछ र म यो सिनेमाले बाँसुरी फिल्मस्को गरिमा बढाउन सहयोग गर्ने कुराले खुसी छु’, उनले भनेका छन् ।

आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयुक्त प्रस्तुति रहने सिनेमाको सुटिङ जुलाइ २८ अर्थात साउन १२ गतेदेखि सुरु हुनेछ । त्यस्तै अभिनेत्री निकिताले दयाहाङ र आशाजस्ता दिग्गज कलाकारसँग अभिनय गर्न पाउँदा आफू उत्साहितसँगै र थोरै डरको महसुस गरिरहेको प्रतिक्रिया दिएकी छन् ।


Author

थप समाचार
x